00:00:00
शिक्षा

नवज्योती साहित्य मञ्च गठन

बिहीबार बैशाख २७, २०८१/ Thursday 05-09-24

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ८ मा रहेको नवज्योति ईङलिस बोर्डिङ स्कुलमा ‘नवज्योती साहित्यक मञ्च’ गठन गरिएको छ । बिद्यार्थीमा रहेकोे आन्तरिक क्षमता र साहित्यक चेतनालाई उजागर गर्ने उद्देश्यले मञ्च गठन गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख सुरेश पंगेनीले बताए ।

विद्यार्थी र शिक्षकको सहभागितामा भएको भेलाले दिपिका पाण्डे अध्यक्ष रहेको नवज्योती साहित्य मञ्च गठन गरेकोे स्कुलका प्राचार्य टोपबहादुर केसीले जनाए । नवज्योती साहित्यक मञ्चको उपाध्यक्षमा जष्मिन पुन, सचिवमा सुगम भुसाल, सहसचिव दिप्सन पाण्डे, कोषध्यक्षमा बिनिशा न्यौपाने रहेका छन ।

त्यस्तै सदस्यहरुमा सुजित भन्डारी, रक्षा मिश्र, प्रसिद्ध गैरे, खडगबहादुर बस्नेत, शुभम सुनार, संगम कुंवर, सम्राट राना, प्रियोन्सी सुनाम, संस्कार पान्डे, रोजी भट्टराई, भुमिका ज्ञवाली, लगायत रहेका छन ।
 

तपाईको प्रतिक्रिया