00:00:00
स्वास्थ्य

ज्ञानोदय दुर्गा मन्दिर तिलोत्तमा ९ को इट्टा जडान शुभारम्भ तथा  भजन कृतन कार्यक्रम

शनिबार बैशाख २२, २०८१/ Saturday 05-04-24

 

तिलोत्तमा,२२ चैत ।
बिन्दु भट्टराई 
श्री ज्ञानोदय दुर्गा मन्दिर तिलोत्तमा ९ को इट्टा जडान शुभारम्भ तथा  भजन कृतन कार्यक्रम सम्पन्न भएको छ । ् गत वर्ष शिलन्यास गरिएको मन्दिरको शनिबार तिलोत्तमाका उपप्रमुख जगेश्वरदेवी चौधरी र स्थानीयद्धारा भजन  कृतनसंगै गाह्रामा ईट्टा थपेर शुभारम्भ गरिएको हो ।

शुभारम्भको अवसरमा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले मानवीय विकासमा चेतना ल्याउन आवश्यक रहेको बताउनुभयो । चौधरीले भौतिक विकासलाइ मात्र  विकास मान्ने प्रवृति बढेको भन्दै तिलोत्तमा नगरपालिका भौतिक विकाससंगै मानवीय विकासलाई अगाडि बढाउनतर्फ लागेकोमा जोड दिनुभयो ।े मानविय विकासले एकता,सहकार्यको भावना जागृत गर्छ , समाज परिवर्तनमा यी चिज अत्यन्तै आवश्यक छ चौधरीले भन्नुभयो । उहांले तिलोत्तमा ९ मा भएको एकता अन्य वडाले पनि अनुसरण गर्नुपर्ने समेत खांचो औंल्याउनुभयो । यसले वडालाई मात्र नभएर सिंगो तिलोत्तमाको हरेक खालको विकासमा सहयोग पुग्ने चौधरीले दावी गर्नुभयो ।

त्यस्तै वडा नं ९ का वडा अध्यक्ष धु्रव न्यौपानेले आस्थाले आनन्द प्राप्त हुने बताउंदै वडावासिको आस्थाको केन्द्रका रुपमा मन्दिर स्थापित हुन सक्ने विश्वास ब्यक्त गर्नुभयो । उहांले त्यसका लागि वडाको तर्फबाट गर्न सक्ने सहयोग मा पछाडि नहट्ने प्रतिवद्धता जनाउनुभयो । 

ज्ञानोदय टोलविकास संस्थाका अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा न्यौपानेले सम्पुर्णको  साथ र सहयोगले थोरै वजेटमा धेरै काम गर्न सकेको दावी गर्दै लक्ष पुरा नहुन्जेलसम्म पनि साथ र सहकार्य रहिरहने विश्वास ब्यक्त गर्नुभयो । उहांले अन्य वडा भन्दा तिलोत्तमा ९ को यो स्थान हरेक कुराबाट पछाडि परेको महशुस भएको उल्लेख गर्दै संस्थामा रहेपनि र नरहेपनि सदैव वडाको विकासका लागि आफु लागिरहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

न्यौपानेले तिलोत्तमा ९ लाई पर्यटकिय गन्तब्यका रुपमा स्थापित गर्ने गरी लाग्न सवै वडा वासिलाई आग्रह गर्नुभयो । कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष रमेश डुम्रेले नाम र कामले ब्यक्ती माथि उठन सक्ने भन्दै तन,मन धनले एकता कायम राख्दै कार्य गर्ने हो भने हरेक कार्य छिटै सम्पन्न गर्न सक्ने सुझाव दिनुभयो । 

तिलोत्तमा ९ का जनप्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा ज्ञानोदय टोलविकास संस्थाका सहसचिव लक्ष्मिकान्त भुर्तेल सचिव सुरेश पाण्डे लगायतले मरेर जांदा कमाएको धन कसैले नलगेको भन्दै असलकर्मले कमाएको नाम र दान गरेको धर्म मात्र ब्यक्तिसंगै जाने कुरा भुल्न नहुनेमा जोड दिनुभयो । उहांहरुले संस्कार संस्कृति धर्म,असल कर्म भावि सन्ततिलाई हस्तान्तरण गर्नका लागि पनि यस्ता कार्य आवश्यक रहेको बताउनुभएको छ ।  उक्त मन्दिर निर्माणका लागि तिलोत्तमा नगरपालिकाका उपप्रमुख चौधरीको पहलमा ८ लाख वजेट विनियोजित गरिएको छ ।

।

तपाईको प्रतिक्रिया