00:00:00
स्वास्थ्य

रुपन्देहीको रतनपुरमा निःशुल्क स्वास्थ्य शिविर

स्थानीयहरुको उत्साहजनक सहभागिता
बिहीबार बैशाख २०, २०८१/ Thursday 05-02-24

तिलोत्तमा । बैशाष २० गते । रुपन्देहीको रतनपुरमा अवस्थित गणेश मन्दिर परिसरमा बुधबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरमा ३५० बढी स्थानीयले स्वास्थ्य चेकजाँच गरि लाभ लिएको आयोजकको भनाई छ । मुक्तिनाथ आमा समुह तथा टोल विकाश संस्थाको आयोजना तथा क्रिमसन अस्पताल मणिग्राम, आर सी ई क्लब अफ मेडिकोफ्युजन हाईव्रिट नेपाल, नेपाल औषधी तथा विक्री प्रतिनिधी संघ बुटवल इकाई तथा हेल्थ नेपाल लगायतका स्वास्थ्य संस्थाहरुको सहआयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

शिविरमा आएकाहरुका स्थानीयहरुकोे निःशुल्क चिकित्सकीय चेकजाँज गरिनुका साथै निःशुल्क औषधी वितरण तथा निःशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ  डा शेखर प्रसाद पोख्रेल, नाक कान तथा घाँटी रोग विशेषज्ञ डा सुमन पौडेल, जनरल फिजिसियन डा मनिष विश्वकर्मा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा रुक्साना हक, मेडिकल अधिकृत डा संगीत श्रेष्ठ लगायतले चेकजाँचका लागी आएका स्थानीयको निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको क्रिमसन अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिनुभयो ।


 

तपाईको प्रतिक्रिया