00:00:00
राष्ट्रिय

रुपन्देहीमा क्षयरोगका बिरामी बर्सेनि थपिदै,यस वर्ष २२ जनाको क्षयरोगका कारण मृत्यु

सोमबार चैत १२, २०८०/ Monday 03-25-24


 तिलोत्तमा,१२ चैत्र ।
बिन्दु भट्टराई ।
रुपन्देहीमा बर्सेनि क्षयरोगका बिरामी बढ्दै गएको देखिएको छ । नयाँ संक्रमित भेटिने र मृत्यु दर पनि उल्लेख्य रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा गत आर्थिक वर्षमा एक हजार २ सय भेटिएकोमा चालु आर्थिक वर्षको फागुनमसान्तसम्म बढेर १ हजार ७ सय जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार  यस वर्ष पहिचान र उपचारको पहुंचबाट बाहीर भएका कारण कम तथ्यांक देखिएको दावी गर्दै  आगामी वर्षमा क्षयरोगीका पहिचान गरी २ हजार ७ सय  पुर्याउने बताउनुभयो । 

त्यस्तै जिल्लामा गत वर्ष ०७९–८० मा ५१ जनाले  मृत्युवरण गरेको र ०८०–८१ मा २२ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग फोकल पर्सन रिसव श्रेष्ठले जानकारी दिनुभएको छ  । उहांका अनुसार क्षयरोगका बिरामी फेला पर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ । 

क्षयरोगका बिरामीले १० जनासम्मलाई सार्न सक्ने जोखिम रहन्छ । यस्तो अवस्थामा पनि स्वास्थ्य सावधानीको बारेमा अपेक्षा गरिएअनुसार सरकारले सचेतनाका कार्यक्रम गर्न सकेको छैन । यस्तो जोखिमपूर्ण रोगलाई राज्यले सही रुपमा निवारण गर्न कम चासो दिँदा धेरै संक्रमित हुनुका साथै अकाल ज्यान गुमाउन बाध्य हुने गरेका छन’ फोकल पर्सन श्रेष्ठको भन्नुभयो । ्

क्षयरोगका लक्षणहरुमा बेलुकाको समयमा लामो खोकी लाग्ने, सँगसँगै ज्वरो आउने, रातिमा पसिना आउने, दुब्लाउँदै जाने, खान मन नलाग्ने, खकारमा रगत देखिने जस्ता हुन्छन् । दुख्ने, सुन्निने, छाला रातो हुने जस्ता लक्षण पनि देखिन्छन् ।

ग्रन्थीमा क्षयरोग भएमा ग्रन्थीमा पीप बग्ने, गाँठो बढ्दै जाने, आन्द्रामा भएको भए खाना कम रुच्ने, कब्जियत हुने जस्ता समस्या देखिन्छन् ।  ‘मस्तिष्कमा भए टाउको दुख्ने, बान्ता हुने, बेहोश हुने जस्ता लक्षण देखिन्छन् । मुटुमा टिबी भए सास फेर्न गाह्रो हुन्छ, थोरै हिँड्दा थकान महसुस हुन्छ । क्षयरोगको निदानका लागि औषधि नै विकल्प हो, यसको अरु उपाय छैन स्वास्थ्य कार्यालय रुपन्देहीका फोकल पर्सन श्रेष्ठले  भन्नुभयो ।’

उहांका अनुसार, छोटो समयका लागि निगरानीमा डट्स ६ महिना खाए पुग्छ तर पूरा निगरानीमा खुवाउनुपर्छ । ‘यसका साईड इफेक्ट हुनेभएकाले निगरानी अनिवार्य छ ।

प्रकृया नपुगेमा विरामीको मृत्युपनि हुनसक्ने सम्भावना हुन्छ’ उहांले भने ‘औषधी एक दिन नछोडुन् भन्ने हुन्छ, त्यसमा घरमा लगेर खान नदिने गरिएको छ । यसरी उपचार गर्दा निकै सचेत हुनुपर्छ किनभने औषधि २ देखि ३ महिना सम्म खाएपछि निको भएको जस्तो लाग्न सक्छ तर त्यसबेला औषधि खान छोड्नु हुदैन ।’ बिरामीले लामो अवधिको औषधी सेवन नगर्ने र बिचैमा औसधि छोड्ने गर्नाले समयमा निको हुन नसक्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया