00:00:00
स्थानिय

नदीजन्य वस्तुको चरम दोहनका कारण तराईका जिल्लामा पानीको सतह कम हुंदै

राज्यले समयमै आवश्यक कदम चाल्नुपर्ने
शनिबार चैत १०, २०८०/ Saturday 03-23-24


तिलोत्तमा,१०चैत 
बिन्दु भट्टराई । 
भूमिगत पानी अत्यधिक मात्रामा तान्ने बढ्दो प्रवृत्ति र चुरे तथा भावर क्षेत्रमा नदीजन्य वस्तुको चरम दोहनका कारण तराईका जिल्लामा पानीको सतह कम हुन थालेको एक कार्यक्रका बक्ताहरुले चर्चा गरेका छन् । राज्यले समयमै आवश्यक कदम चाल्न नसके तराईमा भविष्यमा पानीको चरम अभाव हुन सक्नेतर्फ उनीहरूले सचेत  गराएका हुन् ्।
खानेपानी महासंघ रुपन्देहीले ३२ औं पानी दिवसका अवसरमा शुक्रबार ड.«ाईभरटोलमा गरेको सरोकारवाला बिचार गोष्ठीका बक्ताहरुले चुरे तथा भावर क्षेत्रमा नदीजन्य वस्तुको अत्यधिक दोहन र वन फडानीको असर पनि पानीको अभावसँग जोडिएको बताएका छन् । 
 महासंघका अध्यक्ष धुवकुमार धितालको अध्यक्षतामा भएको बिचार गोष्ठीमा प्रमुख अथिति तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांडले मानव जीवन तथा मानव स्थास्थ्यसंग जोडीएको पानीका विषयमा आम चासो कम भएको भन्दै सचेत गराउनुपर्ने खांचो औंल्याउनुभयो । उहांले पानी यो पुस्तालाई मात्र पुगेर नहुने उल्लेख गर्दै भाबी पुस्ताका लागि संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो  । यसका लागि स्थानीय तहहरुले गर्नुपर्ने काम कर्तब्यका विषयमा विज्ञसंग छलफल गरेर अगाडी बढ्न पालिका प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।
महासंघ अध्यक्ष धितालले सवैका साझा समस्यालाई  खानेपानी सरसफाई,सिंचाइका योजनाहरु वनाउदा सवैको सहभागिता र विचार विमर्शबाट सहकार्य गर्दै दिर्घकालिन समाधानमा लाग्नुपर्ने बताउनुभयो । 
जलस्रोत तथा सिंचाइ डिभिजन प्रमुख दामोदर सापकोटाले अबको विश्व युद्ध पानीका कारणले हुने चेतावनी दिदै संकटलाई शान्तिपुर्ण तरिकाले समाधान गर्नुपर्ने सुझाव राख्नुभयो ।सापकोटाले जलवायु परिवर्तनका कारण स्रोत सुक्दै गएकोले  भएका स्रोत साधनलाई उपयोग गर्दै शान्ती र संबृद्धिका लागि अब पानी भन्ने जोड्नुपर्ने समय आएको स्पष्ट पार्नुभयो । 
गोष्ठीमा खानेपानी महासंघका लुम्विनी प्रदेश कार्यसमिति सदस्य केशबराज न्यौपाने,आनन्दवन शंकरनगर खानेपानीका अध्यक्ष किशोरकुमार सुवेदी बुटवलका अध्यक्ष भिम प्रसाद न्यौपाने,सैनामैनाका अध्यक्ष विष्णु प्रसाद पाण्डे, सुद्दोधनका अध्यक्ष ओमबहादुर फौदार,खानेपानी कर्मचारी संस्थाका अध्यक्ष नबराज न्यौपाने लगायतले पानीका बिषयमा दिर्घकालिन सोचका साथ काम नगरे निकट भबिश्यमा समस्या आईपर्नेमा जोड दिनुभएको छ । उहांहरुले जमिनबाट मनपरी बोरिङ गाडेर पानी निकाल्न रोक्नुपर्ने भन्दै त्यसका लागि नीति नियम बनाउन पालिकालाई सुझाव समेत दिनुभएको थियो । 

तपाईको प्रतिक्रिया