रुपन्देही विद्युतीय ब्यवसायी संघको नवनिर्मित भवनको उदघाटन
प्रकाश पाण्डे । चैत्र ९ गते । रुपन्देही विद्युतीय ब्यवसायी संघद्धारा नवनिर्मित सचिवालय तथा किरियापुत्री भवनको शुक्रबार एक समारोहका बीच उदघाटन गरिएको छ । रुपन्देहीको तिलोत्तमा ७ दल्कामा नििवर्मित भवनको एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले उदघाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै नगरप्रमुख खाँडले ब्यवसायिक सोचबाट माथि उठेर संघले सामाजिक उत्तरदायित्व अन्तर्गत निमार्ण गरेको भवन उदाहरणीय र सर्वोत्तम कार्य भएको बताउदै भवनलाई उचो तथा राख्न सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खाँडले नवनिर्मित भवनबाट आम तिलोत्तमाबासीले फाइदा लिन सक्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय मानवीय समबेदना हराउदै गैरहेको परिपेच्छमा रुपन्देही विद्युतीय ब्यवसायी संघले किरियापुत्री भवन बनाएर अनुपम कार्यको शुरुवात गरेको भन्दै प्रशंशा गर्नुभयो । सो अवसरमा बोल्दै संघका रुपन्देही अध्यक्ष लोकनाथ पोखरेलले शनिबार आयोजना गरिएको संघको १२ औं साधारण सभा तथा ७ औं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउने गरि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरी तथा नेपाल विद्युतीय ब्यवसायी महासंघका अध्यक्ष रोशन प्रसाद देवकोटाको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा पुर्व अध्यक्ष, सल्लाहकार, विभिन्न जिल्ला र क्षेत्रबाट आएका पदाधिकारी, संघका रुपन्देही र तिलोत्तमाका कार्यसमिति सदस्य लगायतको सहभागिता रहको थियो ।
नेपाल विद्युतीय ब्यवसायी महासंघका कोषाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक प्रकाश चन्द्र पाण्डेको स्वागत एवं संघका महासचिव सुर्य कुवँरको सन्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न ब्यक्ति विशेषलाई सम्मान समेत गरिएको थियो ।
तपाईको प्रतिक्रिया