00:00:00
स्थानिय

महिनावारी सरसफाई र वातावरणमैत्री सेनेटरी प्याड

महिलाको आर्थिक अवस्थामा समेत सुधार हुने विश्वास
शुक्रबार चैत २, २०८०/ Friday 03-15-24

तिलोत्तमा २ चैत बिन्दु भट्टराई।  सिर्जनशील संस्था नेपालले बिहीबार महिनावारी सरसफाई  केन्द्रित अन्र्तक्रिया सम्पन्न गरेको छ । स्वस्थकर र शून्यफोहरमैला युक्त महिनावारी ब्यवस्थापन विषयक अन्र्तक्र्रियामा महिनावारी स्वास्थ्यमा ध्यान नदिँदा महिलामा आउने समस्या, सेनेटरी प्याड प्रयोग र महिलाको आर्थिक अवस्था र  पुन प्रयोग गर्नसकिने सेनेटरी प्याडका विषयमा जोड दिएको छ ।

सृजनशील संस्थाका अध्यक्ष प्रतिमा शर्माले पुन प्रयोग गर्न मिल्ने प्याडको बारेमा जानकारी दिदै महिलाको स्वास्थ्य,वातावरण मैत्री र महिलाको आर्थिक अवस्था उकास्न पनि सेनेटरी प्याडको प्रयोगमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो  ।

रुपन्देहीका विभिन्न पालिकाका उपप्रमुख,स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधि, किशोरावस्थाका विद्यार्थीहरू, तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्विनीका कार्यकारी प्रमुख मिनाक्षी न्यौपाने लगायतको सहभागितामा भएको कार्यक्रममा सिनका कार्यक्रम प्रमुख तथा ब्यवस्थापक प्रतिमा पन्थीले महिलाको महिनावारी सरसफाइका विषयमा सचेत नगराएसम्म महिला स्वास्थ्यमा सुधार आउन नसक्ने बताउनुभयो । 

यसअघि संस्थाले  पश्चिम दक्षिणी भागमा रहेका ६ विद्यालयमा सचेतना कार्यक्रम गरेको जनाएको छ । कार्यक्रमपछि विद्यालयमा आएको परिवर्तन,सचेतनाको कमिको कारण त्यहांका किशोरी तथा महिला शिक्षकले भोग्नुभएको समस्या महिनावारीका विषयमा समाजमा पुग्दा देखिएका किशोरीहरुको महिनावारी भोगाइ र अनुभव समेत किशोरीहरूले सुनाएका थिए । 
 

तपाईको प्रतिक्रिया