00:00:00
स्वास्थ्य

सवारी चालकको स्वास्थ्य परिक्षणमा क्रिमसन अस्पतालको हातेमालो

शुक्रबार चैत २, २०८०/ Friday 03-15-24

तिलोत्तमा । चैत्र २ गते । रुपन्देहीको तिलोत्तमा  ५ क्रिमसन अस्पताल अगाडी सिक्सलेन सडकमा गुडने सवारी साधनका चालक तथा सहचालकको सडक मै आँखा तथा स्वास्थ्य चेकजाँच सम्पन्न गरिएको छ । सवारी दुर्घटना न्युनिकरण गरि सवारी यान्त्रिक अवस्था समेतको जाँच एवं परिक्षण गरिएको कार्यक्रममा उल्लेख्य संख्यामा सवारी चालक, सहचालक तथा गाडीको यान्त्रिक परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक बजिर सिह विष्टको भनाई छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाको आयोजना तथा क्रिमसन अस्पताल मणिग्रामको सहकार्यमा आयोजित कार्यक्रममा क्रिमसन  अस्पतालका निर्देशक डा शेखर पोखरेल, अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, आँखा विशेषज्ञ डा अमित केसी, यातायात इन्जिनियर नविन घिमिरे, पश्चिमान्चल बस ब्यवसायी प्रालिका नारायण घिमिरे लयागतको उपस्थिति रहको थियो ।

कार्यक्रमका विषयमा प्रतिक्रिया दिदै अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले दुर्घटना न्युनिकरण गर्नका लागी अस्पतालले सम्बन्धित सबैसँग हातेमालो गरि अघि बढन तयार रहेको बताए । साथै उनले सामाजिक उत्तरदायित्व अन्र्तगतका जुनसुकै सामाजिक काममा अस्पताल परिवारले प्राविधिक एवं चिकित्सकिय सेवा दिन हरदम तयार रहको जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया