00:00:00
स्वास्थ्य

तिलोत्तमा ८ द्धारा भान्सा सुरक्षा तथा करेसाबारी सम्बन्धि तालिम सम्पन्न 

मंगलबार फाल्गुण २२, २०८०/ Tuesday 03-05-24

प्रकाश पाण्डे । फागुन २२ गते । रुपन्देहीको तिलोत्तमामा सोमबारबाट शुरु भान्सा सुरक्षा तथा करेसाबारी सम्बन्धि २ दिवशीय कार्यक्रम मंगलबार सम्पन्न भएको छ । मानव स्वास्थ्यमा खानपानले पार्ने असर र दिर्घकालिन रुपमा देखा पर्ने विभिन्न खालका नसर्ने रोग तथा ती रोगहरुको निवारणमा टेवा पुर्याउन छलफल, तालिम एवं प्रशिक्षण लगायतका कार्यक्रम गरि २ दिने तालिमको समापन गरिएको वडा न ८ को कार्यालयले जनाएको छ ।

तालिम समापनको अन्तिम दिन मंगलबार सहभागी महिला एवं पुरुप प्रशिक्षार्थीहरुको स्वास्थ्य चेकजाँच गरिनुका साथै ओषधी समेत वितरण गरिएको वडासचिव शिवु पाण्डेले जानकारी दिए । यसअघि भान्सा सुरक्षा तथा करेसाबारी सम्बन्धि २ दिवशीय कार्यक्रमको सोमबार एक समारोहका बीच मेयर रामकृष्ण खाँड तथा उपमेयर जागेश्वर देवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

तिलोत्तमा नगरपालिका आयुर्वेद शाखा प्रमुख एवं कविराज निरिक्षक प्रकाश ज्ञवालीले विभिन्न टोल बिकाश सस्थाका पधादिकारी, आमा समुह, कृषि संजालका अगुवा लगायतको सहभागिता रहेको कार्यक्रममा १५० बढीको सहभागिता रहेको जानकारी दिए ।  साथै वहाँले सोमबारबाट शुरु भई मंगलबारसम्म चलेको कार्यक्रममा खानपानका कारण हुने स्वास्थ्य सम्बन्धी जटिलता, नसर्ने रोगहरु, भान्सा सुरक्षा तथा करेसाबारी लगायत विभिन्न बिषयमा सहभागीहरुलाई प्रशिक्षण तथा स्वास्थ्य चेकजाँच र औषधी समेत वितरण गरिएको बताए  । करहिया सामुदायिक बनको सभाहलमा आयोजना गरिएको २ दिने तालिम कार्यक्रमको आयोजना तिलोत्तमा वडा न–८ ले गरेको हो । 

तपाईको प्रतिक्रिया