नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले रक्तदान कार्यक्रम गर्ने
तिलोत्तमा ,१८ फागुन
बिन्दु भट्टराई ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । समाजले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा यही फागुन २४ गते रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रगत दिदा कमजोर हुन्छ भन्ने कमजोर मानसिकता हटाउन र पछिल्लो समय महिला रक्तदानमा सकृय छ भन्ने शन्देश फैलाउन कार्यक्रमको आयोजना गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका सदस्य तथा कार्यक्रमका संयोजक जानकी नेपालले बताउनुभयो ।
रुपन्देहीका महिलासंग आवद्ध करिब २२ संघसंस्थासंगको समन्वयमा जिल्लाका करिव ३०० महिला रक्तदान कार्यक्रममा जोडिने समेत नेपालले दावी गर्नुभयो ।
उहांले मानव स्वास्थ्यमा राज्य गंभिर वन्न नसकेको समेत गुनासो गर्नुभएको छ । नेपालले रगत रेडक्रसको माध्यमबाट ब्लडबैंकसम्म पुग्ने भएपनि रेडक्रससंग कुनै पनि कार्यक्रममा समन्वयकारी भुमिका नरहेको भन्दै दुखेसो पोख्नुभयो । हामिबाट लगातार रगत दिने काम भएको छ,तर कुनै किसिमका कार्यक्रममा पनि जोडिन नसक्नु दुखद पक्ष हो नेपालले भन्नुभयो ।
उहांले उक्त दिन महिला मात्रै रक्तदानमा सहभागि बन्न सक्ने भन्दै बांकी महिलासंग आवद्ध संघ संस्था छन् भने पनि जोडिन समेत आग्रह गर्नुभयो । नेपाल स्वयंसेवी रक्तदाता समाज ,रुपन्देहीमा विगत ११ वर्षदेखि सकृय छ ।
तपाईको प्रतिक्रिया