00:00:00
राष्ट्रिय

नेदरल्याण्ड्सविरुद्ध  रोहितको अर्धशतक 

बुधबार फाल्गुण १६, २०८०/ Wednesday 02-28-24

 

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्। 

रोहितले ३५ बलमा ६ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाएका हुन्। 

 यसअघि आशिफ शेख ३४ रन बनाएर आउट भएका थिए। त्यस्तै, कुशल भुर्तेल शून्यमा आउट भए। कुशल मल्ल ११ रनमा पेभेलियन फर्किए।

नेपालले १२ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १ सय रन बनाएको छ। नेदरल्यण्ड्सले नेपाललाई जितका लागि १ सय ८५ रनको लक्ष्य दिएको छ।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।
 

तपाईको प्रतिक्रिया