00:00:00
खेलकुद

गीर्वाण माबिको खेल सप्ताह शुक्रबार पनि जारी

साताब्यापी खेल कार्यक्रम आइतबार पनि जारी रहने
शुक्रबार फाल्गुण ४, २०८०/ Friday 02-16-24

प्रकाश पाण्डे । फागुन ४ गते । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित श्री गीर्वाण सरस्वति संस्कृत तथा साधारण माध्यमिक बिद्यालयको खेल सप्ताहमा शुक्रबार पनि विभिन्न खेल सम्पन्न भएका छन । बिद्यालयको ५८ औ बार्सिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित साताब्यापी खेलकुद कार्यक्रम अन्र्तगत शुक्रबार कक्षा ६, ७ र ८ को ४०० मीटर दौड, कक्षा ४ देखि १२ का छात्र तथा छात्राका लागी तिन खुट्टे दौड, रिले, कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागी बेलुन फोड, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागी हाईजम्प एवं ४ र ५ मा चम्चा दौड लगायतका प्रतियोगिता सम्पन्न गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख एवं खेल संयोजक छन्त बहादुर पाण्डेले जानकारी दिनुभयो ।

फाल्गुन ८ गतेसम्म संचालन हुने सप्ताहब्यापी खेल कार्यक्रममा विद्यर्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको बिद्यालयका प्राचार्य केदारचन्द्र पराजुलीले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिका वडा न ५ का अध्यक्ष रमेश डुम्रेले बिहिबार एक कार्यक्रमका बीच उद्घघाटन गरेको प्रतियोगितामा १५ खेलमा २१४ मेडलका लागि बिद्यार्थीहरुले प्रतिस्प्रर्धा गरिरहेका छन भने साताब्यापी खेलकुद कार्यक्रम ग्रीर्वाण माविको आफ्नै प्रांगण एवं चपरहट्टीस्थित खेल मैदानमा सचालन भैरहेको छ । साताब्यापी खेल कार्यक्रम आइतबार पनि जारी रहने गीर्वाण माविले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया