तिलोत्तमा । मंसीर १२ गते । रुपन्देहीको तिलोत्तमास्थित नमस्ते एकेडेमीमा विज्ञान प्रर्दशन सम्पन्न भएको छ । विज्ञानको शैक्षिक सामाग्री उत्पादक कारखानाको सहयोगमा कक्षा ६, ७ र ८ का विद्यार्थीले कक्षा कोठालाई नै ल्याबको रुपमा प्रयोग गरी प्रर्दशनी गरिएको हो ।
कार्यक्रममा विद्यार्थीले व्यक्तिगत र समूहगत रुपमा निर्माण गरेका विज्ञान सामग्रीको प्रर्दशन गर्नुको साथै सो विषयमा सहभागि अभिभावक र विद्यार्थीलाई जानकारी गराइएको थियो । विद्यालयका निर्देशक डिल्लीनारायण पाण्डेले सिर्जनात्मक र व्यवहारिक पठनपाठन संचालन गर्दै आएको नमस्ते एकेडेमीले नेपालकै उत्कुष्ट, नमुना र व्यवहारिक विद्यालयको रुपमा आफुलाई चिनाउन सफल भएको बताउनुभयो ।
प्रचार्य जिग्मे शेर्पाले पाठ्यपुस्तकमा शैद्धान्तीक रुपमा सिकेका कुरालाई प्रयोगात्मक रुपमा अगाडी बढाइएको बताए । विद्यार्थीको दैनिक अभ्यासलाई प्रयोगात्मक रुपमा कक्षामै कार्यान्वयन गर्दा पठन–पाठन प्रभावकारी हुने प्रचार्य शेर्पाको भनाई छ । अभिभावक यज्ञ गैरेले यस्ता प्रर्दशनीले विद्यार्थीमा सिर्जनशीलता, व्यवहारिकता र सकारात्मक मनोविज्ञानको विकास गर्न मद्धत पुरयाउने बताउनुभयो ।
अबको युग विज्ञान र प्रविधिको युग भएकाले बोलेर नभई व्यवहारमा नै नमस्ते एकेडेमिले उत्कुष्ट काम गरेको र यो यस क्षेत्रका लागि अनुकरणीय रहेको अभिभावक श्याम खरेलले भनाई थियो । कारखानका प्रतिनिधि कुशल पौडेलले आफना उत्पादका बारेमा जानकारी गराएको कार्यक्रम सहप्राचार्य लीलामणि पाण्डेयको संचालन र संयोजक विजय कार्कीको संयोजकत्वमा सम्पन्न भएको संस्थापक प्राचार्य राजेन्द्र कुँबरले बताउनुभयो ।
तपाईको प्रतिक्रिया