00:00:00
स्थानिय

बोलेरो जीपको ठक्करबाट बुटवलमा एकजनाको मृत्यु

शुक्रबार मङ्सिर ८, २०८०/ Friday 11-24-23

बुटवल, ८ मंसिर । 
बोलेरो जीपको ठक्करबाट बुटवलमा एकजनाको मृत्यु भएको छ । बेलवास–बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल एकआपसमा ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११ निवासी ४५ बर्षिय शालिग्राम खनालको मृत्यु भएको हो ।

 जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउंपालिका १ घर भई हाल बुटवल ११ निवासी २५ वर्षिय शेखर पोखरेल गम्भीर घाईते भएका छन् । पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । जीप र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।
 

तपाईको प्रतिक्रिया