00:00:00
अर्थ/वाणिज्य

आजदेखि भैरहवामा ‘छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० शुरु हुदै

बुधबार मङ्सिर ६, २०८०/ Wednesday 11-22-23

तिलोत्तमा । मंसीर ६ गते । भैरहवामा आजदेखि छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० शुरु हुदैछ । चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा भैरहवाको अञ्चलपुरमा आज मंसिर ६ गतेदेखि मंसिर १८ गतेसम्म महोत्सव हुने भएको हो ।

‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ मेलाको आयोजना गरिएको हो । महोत्सवको आकर्षणको रुपमा मुख्य प्रवेशद्वारलाई हवाइजहाजको स्वरुपमा निर्माण गरिएको छ ।

लुम्बिनीको आर्थिक विकासको आधार पर्यटन मान्दै अरबौ रुपैयाँ लगानीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालन हुन नसकेको, होटल व्यवसायहरु धरासायी भएको बेला सरकारलाई दबाब दिने गरी विमानको आकृतिमा मुख्य प्रवेशद्वार बनाइएको श्रेष्ठले बताउनुभयो ।

कृषि, उद्योगका नयाँ नयाँ प्रविधिको प्रचार र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, सिमाक्षेत्रमा मेलाबाट स्वदेशी उत्पादनलाई प्रचारप्रसार गर्ने उद्देश्य मेला आयोजना गरिएको आयोजकको भनाई छ । मेला उदघाटनअघि आजै बिहान जनचेतनामुलक ¥याली निकालिदैछ ।

महोत्सवमा शनिबार र सार्वजनिक विदाबाहेक बिहान ९ देखि ११ बजेसम्म निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ  । कार्यक्रममा संगठनका महासचिव लक्ष्मी अधिकारीले तीन लाख दर्शकहरुले अवलोकन गर्ने महोत्सवमा २५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको लक्ष्य रहेको बताइन् । करिब एक करोड २० लाख खर्च हुने अनुमान रहेको महोत्सवमा ३५० स्टलहरु सहभागी रहेका छन् । 
 

तपाईको प्रतिक्रिया