00:00:00
राष्ट्रिय

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

सोमबार मङ्सिर ४, २०८०/ Monday 11-20-23


  मंसिर ४, 
काठमाण्डौ । 
 सूर्यको आराधना गरेर लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि विधिवत् रूपमा  मनाइने छठ पर्व उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर  समापन गरिएको छ ।

हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् ।

 सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने छठ तराईमा बस्ने भोजपुरी र मैथली भाषी हिन्दु समुदायको मुख्य पर्व हो ।

तपाईको प्रतिक्रिया