राष्ट्रिय
यसवर्ष भाइटीकाको उत्तम साइत कार्तिक २९ गते बिहान १० : ५१ बजे
यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरू हुने
मंगलबार कार्तिक २१, २०८०/ Tuesday 11-07-23
तिलोत्तमा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १० ५१ बजे शुभ रहेको जनाएको छ ।
भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरू हुने छ ।
तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ। तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।
तपाईको प्रतिक्रिया