00:00:00
स्थानिय

छोरीलाई जन्म दिएको १० दिन पछि  नवलपरासीकी पत्रकार सीता शर्माको निधन

बुधबार कार्तिक ८, २०८०/ Wednesday 10-25-23

तिलोत्तमा । 
छोरीलाई जन्म दिएको १० दिन पछि  नवलपरासीकी पत्रकार सीता शर्माको निधन भएको छ । नवलपरासीकी पत्रकार सीता शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माले १० दिनअघि काठमाण्डौं मेडिकल कलेज(केएमसी)मा छोरीलाई जन्म दिनुभएको थियो  । ‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उहांलाई अस्पतालमै राखेर उपचार गरिएको थियो । 

अवस्था सामान्य भएपछि शर्मालाई काठमाण्डौंबाट रामग्राम नगरपालिका–१ परासीस्थित घरमा ल्याइएको थियो । मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि  परासीस्थित जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पु¥याइएकी शर्मालाई अस्पतालले मृत्यु भइसकेको जानकारी दिएको परिवारजनले जानकारी दिएको छ । 

उहां  क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) नवलपरासीकी संस्थापक अध्यक्षसमेत हुन् । उहांले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिनुभएकोे होे । छोरीको अवस्था भने स्वस्थ रहेको परिवारले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया