00:00:00
स्थानिय

बुटवलमा ‘स्किन एण्ड हेयर लेजर क्लिनिक’ संचालनमा

आइतबार असोज ७, २०८०/ Sunday 09-24-23

 

तिलोत्तमा,७ असोज । 
बुटवलमा ‘स्किन एण्ड हेयर लेजर क्लिनिक’ संचालन हुदैंछ । शैलुन व्यवसाय गरिरहनुभएकी मोनिका क्षेत्रीले आईतबार पत्रकार सम्मेलन मार्फत स्किन एण्ड हेयर लेजर क्लनिक संचालनको सम्पूर्ण तयारी पुरा भएको र सोमबारदेखि औपचारिक रुपमा संचालनमा आउने प्रबन्धक निर्देशक क्षेत्रीले जानकारी गराउनुभएको हो । उहांले क्लिनिक शुभारम्भको अवसरमा केही दिनका लागि सबै प्रकारका उपचारमा १० देखि २० प्रतिशतसम्म छुटको प्रदान गरिने बताउनुभयो । शैलुन र स्किन एण्ड हेयरमा गरी १ करोड ५० लाख लगानी रहेको उक्त शैलुनमा हाल १७ जनाले रोजगारी पाएका छन् । 

 किल्निकमा केन्द्रिय कारागार अस्पताल, पिपुल हस्पिटल लगायतका अस्पतालमा लामो समयदेखि काम गर्दैै आएका वरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा.विक्रान्त ढकाल र काठमाडौँ किल्निक अफ कस्मेटिक सर्जरीमा कार्यरत डा.ज्योति शाहले सेवा प्रदान गर्ने प्रबन्धक निर्देशक क्षेत्रीले बताउनुभयो । क्लिनिकमा कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, ट्याटु रिमुभ ,पिको लेजर ,कपाल सम्बन्धी सम्पूर्ण रोग, लेजर सेवा तथा हाइड्रा फेसीयल, सम्पूर्ण छाला सम्बन्धी रोगहरूको उपचार हुने क्षेत्रीको भनाई छ ।   
 
त्यस्तै पत्रकार सम्लेनमा वरिष्ठ सौन्दर्यकर्मी मोना पाठकले एकै जनाले शैलुन र स्किन सम्बन्धी काम गर्दा समास्या आउने गरेकाले व्यवसायीक रुपमा नै शैलुन र स्किन केयर संचालन गर्नुले सौन्दर्य क्षेत्र ब्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । 

कार्यक्रममा फर्मासिस्ट दिपक क्षेत्री ,नर्स जुही श्रेष्ठले भने दैनिक रुपमा सेवा प्रदान गर्ने बताउनुुभयो  । पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले शैलुन र स्किन केयर व्युटिसियनले संचालन गर्नु धेरै राम्रो भएको भन्दै व्यवसायीक सफलताको शुभकामना ब्यक्त गर्नुभयो । बुटवलमा व्युटिशियनले स्किन एण्ड हेयर लेजर संचालन गरेको यो नै पहिलो हो ।
 

तपाईको प्रतिक्रिया