00:00:00
स्वास्थ्य

पंचमी बचत तथा ऋण सहकारीका शेयर सदस्यलाई क्रिमसन अस्पतालमा छुट

शुक्रबार भदौ २२, २०८०/ Friday 09-08-23

प्रकाश पाण्डे, तिलोत्तमा
२०८० भाद्र २२

      मणिग्राममा अवस्थित  क्रिमसन अस्पताल तथा तिलोत्तमा ८ मा रहेको पंचमी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिच स्वास्थ्य सम्झौता भएकोे छ ।

  क्रिमसन अस्पतालमा आयोजित बिशेष कार्यक्रमका बीच अस्पताल प्रशासन र पंचमी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिच  स–सर्त सर्वसुलभ स्वास्थ्य सेवाबारे लिखित सम्झौता सम्पन्न भएको अस्पतालका प्रमुख प्रसासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिनुभयो ।

   सम्झौतासंगै अब पंचमी बचत तथा ऋण सहकारी सस्था लिमिटेडमा आबद्ध शेयर सदस्यले अस्पतालले दिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् । उपचारमा छुटका लागि सेवाग्राहीले कार्ड बनाउनु पर्नेछ भने स्वास्थ्य सम्झौता भएका संस्थामा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरिएको खण्डमा बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गरिने अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।

  सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, अस्पतालका निर्देशक डा शेखर पोख्रेल, प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराई, पंचमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तपÞर्mबाट अध्यक्ष मोहनराज शर्मा, तथा रमाकान्त भुसाल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया