एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट लेखा समिति बाहेक २०५ सदस्यीय नेतृत्व चयन अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल
तिलोत्तमा,२० भदौ
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष तथा उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । बुटवलमा सम्पन्न प्रथम अधिवेशनमा कंडेलले अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजालसंग २ मतको अन्तरले विजयी हासिल गरेका हुन् । कूल ९६५ मत खसेकोमा कंडेलले ४७९ मत प्राप्त गरेका थिए भने रिजालले ४७७ मत प्राप्त गर्नुभएको छ । रिजालकै पक्षमा सर्वसहमती गराउने प्रयास असफल भएपछि भदौं १६ र १७ गते आयोजना गरिएको अधिवेशन लम्बिएर भदौं १९ गते नेतृत्व चयनका लागि मतदान प्रक्रियामा गएको थियो । अध्यक्ष ओलीको दबाबका बीच निर्वाचन सम्पन्न गर्ने जिम्मा पाएकी पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल रिजाललाई अध्यक्ष बनाउने गरि आफूलाई थमाइएको नाम लिष्ट अस्वीकार गर्दै चुनावी प्रक्रियामा जाने निर्णयमा पुग्नुभएको थियो ।
निर्वाचनबाट प्रदेश खुला सदस्यतर्फ रुपन्देहीका बासुदेब घिमिरे सबैभन्दा बढी ३७६ मत प्राप्त गरि विजयी हुनुभएको छ । यसैगरी अर्जुन केसी ३३३, कृष्ण प्रसाद खनाल (३३४), जलिल मिया ३५७, डिआर घिमिरे ३४०, नारायण प्रसाद भसाल २८३, प्रकाश जिसी ३२५, बाबुराम भट्टराई २५३, मधुकृष्ण पन्त २८५, सुष्मा खनाल २९९ मतसहित निर्वाचित हुनुभयो ।
त्यस्तै लेखा समितिमा दामोदर घिमिरे, उपाध्यक्ष बैकुण्ठ महत (निर्विरोध) निर्वाचित हुनुभएको छ । सचिवमा बाबुराम विश्वकर्मा ,लेखा समिति सदस्यहरुमा कमलापति चौधरी र झपिन्द्र रायमाझी रहेका छन् । अधिवेशनबाट लेखा समिति बाहेक २०५ सदस्यीय नेतृत्व चयन गरेको छ ।
यसैगरी रुपन्देहीबाट प्रदेश कमिटीका लागि निर्वाचित हुनेहरुमा प्रेम बहादुर गुरुङ, नरबहादुर घर्ती, ध्रुवप्रसाद खरेल, भरतमणी सापकोटा, खेमप्रसाद लुईटेल, टंकप्रसाद पराजुली, बुद्ध बहादुर बिक, कृष्णप्रसाद घिमिरे, कृष्ण खनाल, कविराम अर्याल, कमलेश यादव, महेन्द्र गिरी, मोहन चापागाई, सूर्यबहादुर भट्टराई र हरिप्रसाद भण्डारी रहनुभएको ।
रुपन्देही मुस्लिमबाट एजाज आलम ४६० मतसहित विजयी भए । यसैगरी रुपन्देही महिलातर्फ जगेश्वरी चौधरीले सबैभन्दा बढी ५३३ मतसहित विजयी हुनुभएको छ , भने रुपन्देहीबाट अन्य महिला सदस्यहरुमा कमलादेबी विक, कल्पना थापा, जानकी अर्याल, जानकी न्यौपाने, तारा पाण्डे, थानकुमारी थापा, मञ्जु भुसाल, विद्यालक्ष्मी गुरुङ, विमला श्रेष्ठ र ज्ञानु केसी, मधेशीमा सञ्जय कुमार गुप्ता, दलितमा कल्पना हरिजन निर्वाचित हुनुभएको छ ।
तपाईको प्रतिक्रिया