00:00:00
स्थानिय

गुल्मी र अर्घाखाँचीमा चट्याङ लागेर १२ जना घाइते

घाइते ८ को अवस्था गंभीर
मंगलबार भदौ १९, २०८०/ Tuesday 09-05-23

तिलोत्तमा २०८० भाद्र १९

  गुल्मी र अर्घाखाँचीमा चट्याङ लागेर घाइते भएका १२ जना मध्ये ८ को अवस्था गंभीर रहेको छ । गंभीर घाइते भएकाहरुको अहिले पाल्पा र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहको छ ।

  गुल्मीमा सोमबार चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका थिए । जिल्लाको मुसिकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरु माथि चट्याङ खस्दा ८ जना विद्यार्थी घाइते भएको विद्यालय प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाका अनुसार सोमबार विद्यालयमै पठनपाठन गरिरहेको समयमा चट्याङ खसेको थियो ।

  चट्याङ लागेर घाइते भएका गंभीर ४ जनालाई थप उपचारको लागि पाल्पा मिसन अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । विद्यालयका अनुसार कक्षा ६ मा पढने इसा घर्ति, अनसुसा बिक, भरत बिक र कक्षा ८ मा पढने अनिसा सुनारलाई थप उपचारको लागि पाल्पा ल्याइएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । घाइते अन्य ४ जना भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्केका छन ।

यसैगरि अर्घाखाँचीको मालारानी ९ मा चट्याङ लागेर गम्भीर घाइते भएका ४ जनाको अहिले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहको छ । चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुनको अहिले लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचार भैरहेको छ ।  

 बजार गरि घर जाने क्रममा  ठूलो पानी परेपछि स्थानीय दुर्गा बहादुर पुनको घरमा ओत्तिन बसेका उनिहरूमाथि चट्याङ परेको थियो । सो घटनामा चट्याङ लागेर मालारानी ९ गोखुङगा सेपानी निवासी २० बर्षिय मिलन खनालको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया