खानेपानि तथा सरसफाई उपभोक्ता महासंघ नेपाल रुपन्देहीको २१ औं स्थापना दिवस सम्पन्न
तिलोत्तमा,बिन्दु भट्टराई
खानेपानि तथा सरसफाई उपभोक्ता महासंघ नेपाल रुपन्देहीले आइतबार स्थापना दिवस मनाएको छ । खानेपानीको बर्तमान अवस्था,समस्या र आगामी दिनमा गर्न सकिने कार्यका बिषयमा छ्लफल गर्दै आईतबार २१ औं स्थापना दिवस मनाएको हो ।
महासंघ रुपन्देहीका अध्यक्ष अध्यक्ष ध्रुव कुमार धितालको अध्यक्षता र खानेपानी डिभिजन प्रमुख आबेद हुसेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हुसेनले यो क्षेत्रमा खानेपानीको संभावना र सुधार्नुपर्ने पक्षको विषयमा बोल्दै अव आफ्नो यो क्षेत्रमा काम गर्ने अवसर हाललाई सकिएकोले आउने ब्यक्तिले बांकि कामको जिम्मेवारी लिने विश्वास ब्यक्त गर्नुभयो । हुसेन आईतबार सम्मका लागि मात्र रुपन्देहीमा रहनुभएको हो । उहांको पाल्पामा सरुवा भएको छ ।
त्यस्तै कार्यक्रममा खानेपानी तथा सरसफाई महासंघ लुम्बिनी प्रदेशका महासचिव शालिग्राम भण्डारीले उपभोक्ताको हित र संस्थाको बिकास हुनेगरी कार्ययोजना बनाउनुपर्ने र सोहि अनुसार काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा आनन्दवन शंकरनगर खानेपानी तथा सरसफाई अध्यक्ष केशवराज न्यौपानेले समस्या समाधानका लागि रुपन्देहिका खानेपानीका सम्पुर्ण अध्यक्षहरु भेला गरेर समस्या खोज्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
त्यस्तै घरेलु तथा साना उद्योग महासंघका महासचिव देवानन्द पाण्डेले प्राबिधिक ज्ञान र प्रबिधीे प्रयोग गर्ने तौरतरिकाका विषयमा गंभिर भएर लाग्नुपर्ने बताउनुभयो । करहैया मक्रहर खानेपानी संस्थाका नव निर्वाचित अध्यक्ष यज्ञ गैरेले अस्थिर राजनीति नीति नियमको फेरवदलका कारणले खानेपानी संस्थामा समस्या आएको भन्दै यस बिषयमा प्रदेश र केन्द्रलाई दबाब दिनुपर्ने खांचो औंल्याउनुभयो । उहांले सुद्द पानी दिइरहन सकेका छौं कि छैनौं भन्ने बिषयमा सबै खानेपानी संस्थामा ल्यावको ब्यवस्था हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा खानेपानी कर्मचारी महासंघ रुपन्देहीका अध्यक्ष नवराज न्यौपानेले रुपन्देहीका खानेपानी संस्थाहरुका कर्मचारिहरुको सेवासुबिधामा एकरुपता कायम गर्न खानेपानी संसथहरुलाई आग्रह गर्नु भयो ।
उपाध्यक्ष कल्पना आचार्य ,आनन्दवन खानेपानी तथा सरसफाई संघका सचिव कृष्ण कंडेल खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बुटवलका भिमप्रसाद न्यौपाने लगायतले बोल्नुभएको कार्यक्रममा करहैया मक्रहर खानेपानी संस्थाका नव निर्वाचित अध्यक्ष यज्ञ गैरेलाई सम्मान संगै स्वागत गरेको थियो भने डिभिजन प्रमुख आबेद हुसेनलाई विदाई समेत गरएको थियो ।
तपाईको प्रतिक्रिया