00:00:00
स्थानिय

समाजवादी मोर्चा नेपाल लुम्विनी प्रदेशको बुटवलमा हुने घोषणा सभाको तयारी अन्तिम चरणमा

आइतबार भदौ १०, २०८०/ Sunday 08-27-23

१० भाद्र 
नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य बसन्त सीले यही १२ गते बुटवलमा हुने घोषणा सभाको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ  । समाजवादी मोर्चा नेपाल, लुम्बिनी प्रदेशले आइतबार पत्रकार सम्मेलनमा घोषणासभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेता बुटवल आउने जनाएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै सीले अहिले देश निकै संवेदनशिल अवस्थामा रहनुका साथै विदेशी हस्तक्षेप बढिरहेकाले र्मोचाको गठन गरिएको बताए । यस्तै नेकपा माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज हितमान शाक्यले समाजवार्दी मोर्चा कसैको विरुद्ध गठन गरिएको नभई २०६२÷६३ सालको आन्दोलनबाट प्राप्त भएका उपल्बधिहरु र संविधानको रक्षाका लागि बनाइएको बताए । 

 पत्रकार सम्मलेनमा नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यरो सदस्य बसन्त सी, माओवादीका केन्द्रिय सचिव हितमान शाक्यसहित जनता समाजवादीका राजनीतिक समितिका सदस्य मनिकर कार्की, माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल, जसपाका लुम्बिनी प्रदेश सहइन्चार्ज नवीन सुनार, एकृकीत समाजवादीका लुम्बिनी प्रदेश सदस्य कमल भण्डारी लगायता नेताहरुको सहभागिता रहेको थियो ।
 

तपाईको प्रतिक्रिया