00:00:00
राष्ट्रिय

काठमाडौंबाट पोखरा जाँदै गरेको  बस दुर्घटनामा ८ जनाको मृत्यु

बुधबार भदौ ६, २०८०/ Wednesday 08-23-23

 

काठमाडौं, ६ भदौ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुंदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने  ८ जना घाइतेको उद्दार गरिएको छ। अन्यको खोजी कार्य जारी रहेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभएको छ  । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजेतिर गजुरी  २ चालिसे झरना भन्ने ठाउँमा बस  नदीमा खसेको हो ।  

 उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यवस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र विपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमाण्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।

तपाईको प्रतिक्रिया