00:00:00
स्थानिय

मोटरसाईकलले ठक्कर दिदाँ मणिग्राम पुरानोसडक निवासी नवीनको निधन

आइतबार भदौ ३, २०८०/ Sunday 08-20-23

तिलोत्तमा -२०८० भदौ ०३

         तिलोत्तमा –५ मणिग्राम चोकमा शुक्रबार राती मोटरसाइकलको ठक्कर बाट १ जनाको मृत्यु भएको छ । बुटवल भैरहवा सडकखण्डको मणिग्राम चोकमा लु ७६ प ७२११ नं को मोटरसाइकलले ठकर दिदा स्कुटरमा सवार तिलोत्तमा–६, पुरानो सडक निवासी ४५ वर्षीय नबिन श्रीषको मृत्यु भएको हो ।

           इलाका प्रहरी कार्यालय मंगलापुरका अनुुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रीषको उपचारका क्रममा क्रिम्सन अस्पताल मणिग्राममा  मृत्युु भएको हो । लु ७५ प ६९२० न को स्कुटरमा सवार भै घर जादै गरेका श्रीषलाई भैरहवाबत्त बुटवल तर्फ़ जादै गरेको मोटरसाइकलले राति साढे ८ बजे मणिग्राम चोकमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

  मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रीषको उपचारका क्रममा राति ११ बजे  क्रिमसन अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल चालक बुटवल ११ प्रगतिनगर निवासी बर्ष २१ का सवित केसीको अवस्था मध्यम रहेको र अहिले लुम्बिनी पा्रदेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएकोे छ ।

तपाईको प्रतिक्रिया