00:00:00
स्थानिय

तिलोत्तमाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा

सोमबार श्रावण ८, २०८०/ Monday 07-24-23


तिलोत्तमा,बिन्दु भट्टराई
  तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि पनि दिवा खाजाको व्यवस्था गरेको  छ । नगरपालिका अन्तगर्ततका सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा वापत प्रति दिन २५ रुपैयाँउपलब्ध गराइने उपप्रमुख जागेश्वरदेवी चौधरीले बताउनुभयो । उहांले सरकारले कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती गरेपनि तिलोत्तमा नगरपालिकाले नरोक्ने उल्लेख गर्नुभयो ।  

अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकोभन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती गरेको थियो ।
सरकारले दिवा खाजा कार्यक्रम अनुसार हरेक विद्यार्थीलाई वर्षमा दुई हजार सात सय उपलब्ध गराउँछ।

दैनिक १५ रुपियाँको दरले १८० दिनलाई दिइएको दिवा खाजा दिने गरेकोमा तिलोत्तमाले भने दिवा खाजाका लागि २५ रुपयाँ तोकेको छ ।
 

तपाईको प्रतिक्रिया