राष्ट्रिय
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढ्यो, भोलिदेखि लागू हुने
आइतबार असार ३१, २०८०/ Sunday 07-16-23
काठमाडौं । भारतीय आयल कर्पोरेसन आईओसी ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ३४ पैसा घटेर आएको छ । भने, डिजेलमा प्रतिलिटर २।४७ रुपैयाँ वृद्धि भएको छ ।
भोलीदेखि पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीमा जानेछ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज निर्णय गरेर भोलिबाट लागू हुने निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनले निगमलाई १५ दिनमा नयाँ मूल्य सूची निगमलाई पठाउने गरेको छ । अब १५र१५ दिनमा आएको नयाँ मूल्य नै नेपालमा लागू हुने छ ।
तपाईको प्रतिक्रिया