00:00:00
स्थानिय

आमाको हत्याको आरोपमा रुपन्देहीबाट छोरा पक्राउ

बुधबार असार १३, २०८०/ Wednesday 06-28-23


  तिलोत्तमा । 
रुपन्देही – आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । 

रुपन्देही प्रहरीका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय शिवकुमार मुशहरलाई प्रहरीले रुपन्देहीको गैडहवा गाउँपालिका–८ मैनहवाबाट पक्राउ गरेको हो ।

शिवकुमारले पारिवारिक विवादको क्रममा  हिजो  ५० वर्षीया आमा बुद्धिरानी मुसहरलाई  धारिलो हतियारले प्रहार गरेका थिए ।

घाँटीमा धारिलो हतियार प्रहार गरेपछि बुद्धिरानीको घटनास्थलमै मृत्यु भएको थियो । 

तपाईको प्रतिक्रिया