00:00:00
स्थानिय

बल्न थाले मणिग्राम चोकका ट्राफिक लाइट

बिहीबार असार ७, २०८०/ Thursday 06-22-23

प्रकाश पाण्डे,तिलोत्तमा
    २०८० असार ७

  अन्ततः करिब डेढ महिनाको रस्साकस्सीपछि बुधबारबाट मणिग्राम चोकका ट्राफिक लाइट बलेका छन् । तिलोत्तमा नगरपालिकाको पहलमा ट्राफिक लाइट बलेका हुन् ।

  करिब डेढ महिना अघि बिग्रिएका ट्राफिक लाइट मर्मत सम्हार नगरिदा मणिग्राम चोकमा दुर्घटनाको जोक्जिम बढ्दै गएको भन्दै स्थानीयले गुनासो गरेपछि रेडियो लुम्बिनी, तिलोत्तमा सिटी न्युज र तिलोत्तमा खबर डबली लगायतका मिडियाहरुमा समाचार प्रकाशन प्रशारण भएको थियो ।

   नगरपालिकाले जडान गरेको  ट्राफिक लाइट पछिल्लो डेढ महिना यता बल्न छाडेको थियो । तत्कालिन मेयर बासुदेव घिमिरेको कार्यकालमा विं स. २०७८ सालको जेठ महिनामा तिलोत्तमा नगरपालिकाले मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरिएकोे थियो  ।

    जडान यता केही समय ट्राफिक लाइट राम्रै चलेपनि पछिल्लो समय भने पटक पटक बिग्रिदै र मर्मत संहार हुदै आएको छ । यसअघि बिग्रिदा एक दुइ दिनमै बन्ने गरेको ट्राफिक लाइट यसपटक भने करिब डेढ महिनासम्म मर्मत सम्हार नगरिदा चौतर्फी आलोचना भएको थियो । तिलोत्तमाका अन्य क्षेत्रहरुको तुलनामा मणिग्राम चोकमा बढि नै सवारी चाप हुने गरेको छ । जथाभाबी बाटो काट्नेहरुका कारण मणिग्राम चोकमा दुर्घटनाको जोखिम निकै नै हुने गरेको छ ।


 

तपाईको प्रतिक्रिया