राष्ट्रिय
तीन जनालाई ९ वर्ष कैद, ६ अर्ब १६ करोड रुपैयाँका दरले जरिबाना
बुधबार असार ६, २०८०/ Wednesday 06-21-23
बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा विशेष अदालतले हालसम्मकै सबैभन्दा बढी विगो, जरिवाना र सजाय निर्धारण गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज सजाय जरिबानाको फैसला तोकेको हो । फैसला अनुसार लुम्बध्वज महतलाई ९ वर्ष एक महिना तथा उमेश ढकाल र चुडामणि शर्मालाई ९/९ वर्ष कैद हुने भएको छ ।
यस्तै, उनीहरुले ४ अर्ब १० करोड ४६ लाख ९७ हजार रुपैयाँ जरिबाना तिर्नुपर्नेछ । बिगो र जरिबाना गरेर हरेकले ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने विशेष अदालतले जनाएको छ ।
तपाईको प्रतिक्रिया