00:00:00
राष्ट्रिय

रायमाझीलाई आज अदालतमा पेश गरिने

बिहीबार बैशाख २१, २०८०/ Thursday 05-04-23

बैशाख २१, रुपन्देही
    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिने भएको छ । हिजो साँझ पक्राउ परेका रायमाझीलाई आज अदालतमा पेश गर्न लागिएको हो । यो प्रकरणमा पूर्व गृह सचिव तथा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेसहित ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले १ सय २३ जनाले उजुरी दिएका र १७ वटा जाहेरी परेको आधारमा पक्राउ गर्ने काम अघि बढेको बताउनुभयो । प्रमाणका आधारमा कारबाही हुने भएकाले पनि कसैलाई नछोड्ने स्पष्ट पार्नुभयो । घटनामा पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीको पनि सम्लग्नता रहेको भन्दै पक्राउ पुर्जी जारी भइसकेको छ । 

तपाईको प्रतिक्रिया