00:00:00
स्थानिय

सन्धुलीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

बुधबार चैत २९, २०७९/ Wednesday 04-12-23

चैत २९, सिन्धुली
   बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराति साढे १२ बजे फूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार सडकबाट तल खसेर दुर्घटना भएको हो ।

५ जना सवार कारमा ३ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको उद्धार गरि उपचारका लागि सिन्धुली अस्पताल पुर्याइएकोमा १ जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

घाइते एक जनाको उपचार भइरहेको र दुर्घटनामा परेका मृतकको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया