00:00:00
स्थानिय

मिलेमतोमा लिलाम हुन्छन् भन्सार बुझाइएका सामान

शनिबार चैत २५, २०७९/ Saturday 04-08-23

परासी, २५ चैत 
   नवलपरासीको महेशपुर भन्सार कार्यालयले मिलेमतोमा सामान लिलाम गर्ने गरेको आरोप लाग्ने गरेको छ । राजश्व छलेर ल्याइएका सामानलाई भन्सार कार्यालयमा कर्मचारीको मिलेमतोमा लिलाम गर्ने गरेको आरोप लाग्ने गरेको हो ।

महेशपुर भन्सार कार्यालय भारतको उत्तर प्रदेशसँग सीमाना जाडिएको महेशपुर नाकामा छ । यस नाकाबाट दैनिक रुपमा भन्सार छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको छ । त्यसरी बुझाइएका सामानलाई लिलाम गर्ने समयमा सम्पर्कमा रहेका तस्करी गर्ने व्यक्तिलाई बोलाएर सोहीअनुसारको कागजपत्र तयार गरी सामानमिलाई दिने गरेको बताइएको छ ।

पछिल्लो पटक शुक्रबार प्रहरीले बुझाएको २ हजार ९५० केजी सेतो केराउ लिलाम गर्ने क्रममा तोकिएको मितिभन्दा अघि र न्यूनतम् मूल्यभन्दा कममा लिलाम गरिएको छ ।जसका कारण कर्मचारीको मिलेमतोमा लिलाम हुने गरेको आशंका गरिएको हो । प्रहरीले पाल्हीनन्दन गाउँपालिकाको गेर्मीबाट पिकअपभेनसहित उक्त केराउ बरामद गरेको थियो । भारतबाट ल्याउँदै गरेको अवस्थामा बरामद भएको केराउ सोही दिन प्रहरीले भन्सार कार्यालय बुझाएको हो ।

भन्सारले उक्त सामान लिलाम गर्नका लागि चैत २७गते साढे ३ बजेदेखि साढे ४ बजेको समय तोकेर सूचना प्रकाशित गरेको थियो । प्रथम पटक प्रकाशित मिति चैत २७गते नै भएपछि भन्सार कार्यालयले गल्ती भएको भन्दै २४ गते बनाएको छ । लिलाम हुने मिति भने २७ गते नै राखिएको छ । तर भन्सारले २७गते नभई २४ गते सोही दिन लिलाम गरेको हो ।

सूचनामा केराउको न्यूनतममूल्य २ लाख ६ हजार ५ सयतोकिएको छ । लिलाम भने १ लाख १८ हजार माग रिएको हो । मटर लिलामबारे भन्सार कार्यालयका प्रमुख बुद्धि कुमार चुडालले कर्मचारीहरुको गल्तीका कारण प्रकाशित सूचना र लिलाम हुने मिति २४ गते हुनु पर्नेमा २७गते भएको बताए । उनले एकै दिनतीन वटा सूचना निकालेको र अन्तिममा निकालिएको सूचनाअनुसार परेको कबोल अंकलाई केराउ सकार्न दिइएको बताए । ‘खाद्यन्न भएको र बिग्रन सक्ने भएकाले एकै दिन सूचना निकालेर लिलाम गरिएको हो । यसमा तलमाथि छैन । ’उनले भने ।

प्रहरी प्रतिवेदनमा केराउको मूल्य जति उल्लेख छ त्यसैलाई न्यूनतम मानिएको र सूचनामा उल्लेख भएको मूल्यभन्दा कममा पनि दिन सकिने उनले बताए । त्यसैको आधारमा१ लाख १८ हजारमा लिलाम गरिएको उनको तर्क छ । भन्सार बुझाएकै दिन हतारमा लिलाम गरिएको प्रति स्वयं प्रहरीले पनि मिलेमतोको आशंका  गरेको छ । ‘ केराउ केहीदिन राख्दा पनि बिग्रिदैन त्यसलाई भने हतारमा गरियो । छिटो बिग्रने चिनीलगायतका अरु सामान पनि छन् । त्यसबारे भने छिटो गर्नमा भन्सारले वास्ता गर्दैन । यो सबै मिलेमतोमा हो ।’ एक प्रहरी अधिकृतले दाबी गरे ।

केराउलगायतका सामान लिलाम गर्दा व्यवसायीहरु भन्सारकाक र्मचारीको सम्पर्कमा हुने र उनीहरुलाई बोलाएर कागजी प्रकृया मिलाएर दिने गरेको ति प्रहरी अधिकृतले बताएका छन् । 

तपाईको प्रतिक्रिया