00:00:00
विचार/व्लग

यात्रा जिन्दगीको....

भाग -१
बिहीबार चैत २३, २०७९/ Thursday 04-06-23

२०७९ चैत्र २३

   साँझ ८ बजी सक्यो, उ सधैं जस्तै काम सकेर भर्खर घर फर्किदैँ छे । जीवनको यात्रामा समय हामीले चाहे अनुसारको कहाँ चल्दो रहेछ र हामी समय अनुसार चल्नु पर्ने हुन्छ । आफ्नो निवासमा जानको लागि बस कुर्दै छे अमृता, के गरोस उसलाई आफ्न सपनाहरु सजाउन छ । बाटोमा कुदिरहेका गाडि हेर्दै मनमनै सोच्छे कुनै दिन यसरी नै मेरो पनि गाडी दौडाउन बाँकी नै छ । कहि छैन जीवनको दोस्रो नाम भनेकै संघर्ष हो भनेर बुझेकी उसले संघर्ष के हो भनेर सानै देखि देख्दै र भोगदै आएकी छे ।
 
  अमृता आफ्नो आमा बाबाको एउटै सन्तान थी तर आमा बाबाको सानै उमेरमा प्रेम विवाह भए पनि उ जन्मिएको १ वर्ष न हुँदै अमृताको बाबाले घर परिवार लाई छोडेर विदेशको यात्रा गर्नु भयो । समय अनुसार माया पनि परिवर्तन हुँदै गयो । सातौं जुनी सँगै बिताउने सपना देखेको अमृताको मम्मी बाबालाई एक दिन पनि एक अर्कासँग समय बिताउन गारो हुँदै गयो । दिन दिनैको झगडा कुटपिटले सम्बन्धमा असर पर्दै गएको थियो । त्यसैले एक दिन परिवारले सल्लाह गरेर बाबालाई विदेश पठाउने निर्णय गरिएको थियो ।

   श्रीमानको घरमा बस्दै आएकी अमृताको मम्मीलाई आफ्नो श्रीमान एक दिन फर्किएर आउनु हुन्छ भन्ने आशा थियो । तर भाग्यमा अर्कै लेखिएको रहेछ श्रीमान फर्केर आएनन । अब के गर्ने होला ,कसो गर्ने  होला भन्ने सोचाइ सधै मम्मीको दिमागमा आई रहन्थ्यो ।
 फेरि एकदिन अमृताको मम्मीको जीवनमा यस्तो दिन पनि आयो जाहा आफ्नै कोखबाट जन्मिएकी छोरीलाई छोडेर माइत फर्किन पर्यो । भर्खर बोली फुट्दै गरेको अमृता न राम्रो सँग मम्मी लाई चिन्न सक्थिन् न बाबा लाई । रुँदा फकाउने आमाको काख पनि थिएन अनि ताथैताथै गर्दै हिँड्न सिखाउन बाबाको हात पनि थिएन । तर भन्छन् नि दुःख पर्दा नै आफ्नो को र को बिरानो हो भन्ने चिनिदो रहेछ ।

   साउको भन्दा ब्याजको माया । आफ्नो छोरा आउँछ कि भन्ने आस गरेर बाटो कुरिरहेकी हजुरआमाले रातदिन न भनी बाउ र आमाको माया अमृतालाई दिनु भयो । संगसंगै आफ्नो भाई चाँडै फर्किएर आए हुन्थ्यो भन्ने आस पनि ठूलो बाबालाई थियो । मायामा कमी न होस् भनेर राम्रो सँग स्यारसुसार गरेर हुर्काउनु भएको थियो हजुरआमा ठूलो बाबा ठूलो मम्मीले । छोरीलाई छोडेर गएकी आमालाई पुनः बिहेको प्रस्ताव आएको थियो । के गरुँन छोरीको माया नभएर माइत बसेको त होइनन् जीवनको मोड ले नराम्रो सँग ठक्कर दिए पछि आफ्नो मुटुको टुक्राबाट टाढा थिन ।

  छोरीको जात नै हो सधै माइत बस्न सुहाउँदैन भन्छन् । राम्रो घरबाट प्रस्ताव आएपछि अस्वीकार गर्न सकिनन् । आफ्नो श्रीमानले माया नगरे पनि परिवारले दिएको माया सम्झेर उनी बिहेको सल्लाह गर्न पुनः घरमा आईन । अमृताको हजुरबुवा र हजुरआमाले छोरीको टेन्सन नगर आफ्नो जीवन राम्रो सँग बिताउ छोरीको जिम्मा हाम्रो भने पछि बल्ल बिहेको लागि राजी भइन् । समय बित्दै जाँदा अमृता पनि ठूली हुँदै गईन् । समाजको अघि उँ टुहुरीको पात्रले चिनिन थाली । कठै बरा भन्दै सहनभुती दिने मानिसको कमी थिएन । बिचरा यसको त कोई छैन भनेर उसको अघि भन्दा चसक्क शरीरमा काँडा बिझे झै उसको मनमा विज्थ्यो ।
 
      सोच्ने गर्थी के सच्चाई यो संसार मा मेरो कोई छैन र, मलाई कसैले माया गर्दैन र, अनि आएर हजुरआमा लाई सोधने गर्थी आमा सबैले मलाई किन टुहुरी भन्छन्, टुहुरी को मतलब के हो र । हजुरआमा ले आँखा भारी आँसु लिएर भन्नु हुन्थ्यो नातिनी तिमी त सारै भाग्यमानी छौ ,तिम्रो साथ मा म छु जो कोई ले कहाँ हजुरआमा को माया र साथ पाएको हुन्छ र।
 
बिचरा सानै थी यस्तो कुरा कहा बुझ्थी र वाल्ल परेर आमाको घाँटीको पोते खेलाई रही अनि उठेर साथी हरु संग खेल्न गई ।  खेलेर आउँदा रुँदै आई किन रोको भनेर हजुरआमा ले सोदध उसको साथी रितु र त्यो खेल्ने बेलामा झुक्केर साथीलाई बल लाग्यो। साथी रोएको सुनेर रितुको आमा आएर मलाई मेरो छोरीलाई किन रुहाएको अलछीनाई भन्दै पिटिन भनेर घुकघूक गरेर रुन लागि । हजुरआमालाई झनक्क रिस त निकै उठेको थियो तर के गरुन बुढी छिन् चुपचाप नातिनीको आँसु पुछ्दै भनिन् तिमीलाई जसले अहिले अलछीनाई भन्छ नी त्यो मानिसले पछि गएर आफ्नो सन्तान लाई तिम्रो उदहारण दिने छ ।
 
   एकदिन हजुरआमा सँगै बसेर अमृताले रेडियो सुन्दै थि , रेडियो सुन्दै गर्दा एकदम उत्साहित भएर आफ्नो आमा लाई भनि, आमा एकदिन मैले पनि यसरी नै रेडियो मा बोल्छु नी, हजुरले नी सुन्नु है। आमा हाँस्दै भन्नु भयो मैले पनि तँलाई टिभी र रेडियोमा बोलेको देखने रहर छ नानी मेरो पनि सपना छ । क्रमश :-

कथा :- निरुता गिरी
बि एड प्रथम बर्ष

तपाईको प्रतिक्रिया