00:00:00
राष्ट्रिय

आज रामनवमी पर्व मनाइँदै

बिहीबार चैत १६, २०७९/ Thursday 03-30-23

चैत १६, काठमाडौं
   चैत्र शुक्ल नवमी अर्थात् रामनवमी पर्व आज सनातन हिन्दु धर्मावलम्बीहरूले भगवान् रामको पूजाअर्चना गरी मनाउँदै छन् । भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन् ।

अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ । उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ ।

रामनवमीमारामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ । रामनवमीको अवसरमा उनको जन्मभूमि अयोध्या (भारत) र ससुराली जनकपुर (नेपाल) क्षेत्रमा उत्सव चल्छ । आज देशभरका राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ । 

तपाईको प्रतिक्रिया