00:00:00
स्थानिय

सुरक्षित र मर्यादित रुपमा गन्तव्यमा पुर्याउने ४० सवारी चालकलाई बुटवलमा सम्मान

मंगलबार चैत १४, २०७९/ Tuesday 03-28-23

बुटवल २०७९ चैत्र १४

    सुरक्षित यात्रा नेपालले लामो समयदेखि सवारी चालक पेशामा आवद्ध रही कुनैपनि मानवीय र भौतिक क्षति नगरि सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यसम्म  पुर्याउने  बुटवल उपमहानगरपालिका क्षेत्रबाट चल्ने, छुट्ने साना ठुला यात्रुवाहक एवम् मालवाहक सवारी साधनका ४० जना चालकहरुलाई सोमबार बुटवलको बसपार्कमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।

 सम्मान कार्यक्रममा आफू कुनै बेलामा यातायातको क्षेत्रमा आवद्ध भएर काम गरेको र सुरक्षित, अनुशासित र मर्यादित यात्रामा पुयाउने सवारी चालक सम्मानित हुँदा खुशी लागेको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । सार्वजनिक सवारीको संख्या पछिल्लो समय बढे पनि सवारी चालकको बोली र व्यवहारका कारण नराम्रो नजरले हेर्ने गरीकाले भाषागत शिष्टतामा ख्याल गर्नु पर्ने बताउनुभयो ।

 रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सवारी चालक पेशालाई सम्मानित गराउने पर्ने बताउदै सडक दुर्घटनाका कारण मध्य प्रमुख कारण सडक, सवारीको कन्डिशन र चालक रहेको र चालक अनुशासित भए दुर्घटनालाई रोक्न सकिने बताउनुभयो । साथै दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक र निजी सवारी साधनको लागि छुट्टाछुट्टै लाइसेन्सको व्यवस्था गरि सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो।

पश्चिमाञ्चल बस व्यवसायी सँघका अध्यक्ष अध्यक्ष नारायण घिमिरेले सवारी पेशालाई राज्यले उपेक्षा गरेको विमान दुर्घटना हुदा आयोग गठन हुने तर सडक दुर्घटना हुँदा राज्यले कुनै छानबिन समेत नगर्ने गुनासो गर्नुभयो । । राज्य दुर्घटनाको कारण पत्ता लगाउन पनि सडक दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्नु पर्ने बताउनुभयो ।

राजमार्ग सुरक्षा तथा सडक सुरक्षा बुटवलका प्रमुख कृष्ण प्रसाईले सवारी दुर्घटनाको सबै दोष सधैं चालकलाई मात्रै दोश लगाउन नहुने बताउनुभयो । सडक दुर्घटना तिब्र गति, मापसे र ओभर लोडका कारण धेरै हुने गरेकाले सावधानी अपनाएर सवारी चलाए दुर्घटना कम हुने भन्नुभयो । सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले सवारी चालकहरुको मनोबल उच्च राख्नका लागि लामो समयदेखि सवारी चालक पेशामा आवद्ध रही कुनैपनि मानवीय र भौतिक क्षति नगरि सुरक्षित, अनुशासित र मर्यादित यात्रामा पुर्याउने सवारी चालकलाई सम्मान गरिएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया