तिलोत्तमा- २३ फागुन २०७९
नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गतेदेखि सञ्चालन हुने भएको छ । २०७५ मा २१ औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायत कारणले २२औं संस्करण हुन सकेको थिएन ।
चैत ४ गतेदेखि हुने प्रतियोगिताको विस्तृत जानकारी फागुन २४ गते पत्रकार सम्मेलन मार्फत दिइने छ ।रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिनुभयो । २१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।
तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो । बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।
३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो ।
तपाईको प्रतिक्रिया