रुपन्देहीमा होली सुरक्षाका लागि १२ सय प्रहरी परिचालन
बुटवल २३ फाल्गुन २०७९
तराईका जिल्लाहरुमा आज होली पर्व मनाइँदै छ । यसैबीच रुपन्देही जिल्लामा होलीको बहानमा उच्छृंखल गतिविधि गरे प्रहरीले तत्काल कारवाही गर्ने भएको छ । होली पर्वलाई मर्यादित र ब्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालयले आज १२ सय बढी प्रहरी परिचालन गरेको जनाएको छ ।
पूर्व अनुमतिबिना सभा, कन्सर्ट तथा सडक अवरुद्ध हुने गरि कार्यक्रम नगर्न प्रहरीले आग्रह समेत गरेको छ । भिडभाड गर्ने, जवरजस्ती रंग तथा पानीका लोला हान्ने, गहँना लुट्ने जस्ता उच्छृंखल गतिविधि हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.कले जानकारी दिनुभयो ।
मोटरसाइकलमा २ जनाभन्दा बढी सवार हुने, तिव्र गतिमा सवारी चलाउने, मदिरा सेवन गरि होहल्ला गर्ने, अनुमति बेगर जबर्जस्ती रङरलोला प्रहार गर्ने जस्ता गतिविधि रोक्न सादा सहित १२ सय प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक बि.कले बताउनुभयो ।
प्रहरी युनिटका मोवाइलहरु चलायमान बनाइने छ भने आवश्यक्ता अनुसार चेक प्वाइन्टहरु थप्दै जाने, छड्के चेकिङलाई बढाउने साथै सादा पोशाकका प्रहरीबाट होलीको गतिबिधिको सूचना संकलन गर्ने तयारी प्रहरीले गरेको वि.कले बताउनुभयो ।
जिल्लाका कुनैपनि स्थानमा घटना भए सूचना पाएको १० मिनेटमा घटनास्थल पुग्ने गरि व्यवस्था गरिएको एसपी बिकले बताउनुभयो । कानुन विपरित उच्छृंखल गतिविधि गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने पनि वि.कले बताउनुभयो । वि.कले कहीँकतै अमानवीय गतिविधि भएमा १ सय नम्बरमा सम्पर्क गरी प्रहरीलाई सुचना दिन नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया