00:00:00
स्थानिय

तिलोत्तमामा कुलोमा डुबेर ३० वर्षीय गणेश थारुको मृत्यु

सोमबार फाल्गुण २२, २०७९/ Monday 03-06-23

तिलोत्तमा २०७९ फागुन २२

 रुपन्देहीको तिलोत्तमामा कुलोमा डुबेर एक जनाको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–७ का ३० वर्षीय गणेश थारुको डुबेर मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।

सोमबार विहान थारु आफ्नै घरदेखि १०० मिटर पूर्व तर्फ रहेको भलवारी कुलोमा मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त हुन साथ घटना स्थलमा प्रहरी पुगेको थियो ।

 थारुको शवलाई पोष्टमार्टन गरी परिवारलाई बुझाइसकेको प्रवक्ता अर्यालले बताउनुभयो । मृतक थारुका श्रीमति, १ छोरा र १ छोरी रहेका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया