हरि शर्मा,परासी
२०७९ फागुन २२
अवैध रुपमाभन्सार छलेर ल्याउँदै गरेको १० लाखबढी मूल्य पर्ने मोबाइललाई सोमबार बिहान नवलपरासी प्रहरीले बरामद गरेको छ ।
भारतको ठूठीबारीबाट मोटरसाइकलमा राखेर परासीतर्फ ल्याउँदै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिका–५ को भगतपुराबाट १० लाख ६२ हजार मूल्य बराबरको ३६ थान मोबाइल बरामद गरिएको जिल्लाप्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताउनुभयो ।
बरामद भएको मोबाइलमा प्रतिपिस १७ हजार पर्ने ‘स्मार्ट–सेभन’ ११ थान र प्रतिपिस ३५ हजार पर्ने ‘पोको एम–फोर प्रो’ मोबाइल २५ थान रहेका छन् । बरामद भएको मोबाइललाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
कारोबारमा संलग्न मोटरसाइकल र व्यक्ति भने प्रहरीलाई देख्ने वित्तिकै फरार भएको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।
तपाईको प्रतिक्रिया