00:00:00
स्थानिय

रुपन्देहीबाट साढे १४ लाखको अवैध कपडा र खाद्यान्न बरामद

बिहीबार फाल्गुण १८, २०७९/ Thursday 03-02-23

फाल्गुन १८, रुपन्देही
   रुपन्देहीका विभिन्न स्थानबाट साढे १४ लाख रुपैयाँभन्दा बढीको अवैध कपडा र खाद्यान्न बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालकाअनुसार १४ लाख ५७ हजार ९ सय ९० रुपैयाँ बराबरका कपडा र खाद्यान्न बरामद गरी बुधबार नै भैरहवा भन्सार कार्यालयमा बुझाइएको हो ।

प्रहरीले मंगलबार साँझ सिद्धार्थनगर नगरपालिकाका दिनेश पोख्रेलको घरबाट तन्ना, साडी, सर्ट, टिसर्ट, पाइन्ट लगायत ८ लाख ८४ हजार तथा मर्चवारी गाउँपालिका ७ का महादेव पाल र सूर्यनाथ पालको घरबाट ३ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको ५० किलोको एक सय बोरा चामल बरामद भएको थियो ।

यस्तै कोटइमाई गाउँपालिका ३ नौडीहवामा बेवारिसे अवस्थामा रहेको भारतबाट भन्सार छली ल्याउँदै गरेको २ लाख ९१ हजार ९ सय ९० रुपैयाँ बराबरको चामल र गहुँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया