00:00:00
अर्थ/वाणिज्य

आयल निगमले इन्धनको मूल्य यथावत राख्ने

बिहीबार फाल्गुण १८, २०७९/ Thursday 03-02-23

फागुन १८, काठमाडौं । 
नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने जनाएको छ। भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आएपनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको हो।

इन्डियन आयल कर्पोरेसन ९आईओसी०ले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ ५ पैसा, मट्टीतेलमा ३ रुपैयाँ ४० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटाएर पठाएको छ।

अन्य सबै प्रकारका इन्धनको लागत घट्दा खाना पकाउने ग्याँसको लागत भने बढेको निगम स्रोतको दाबी छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको को निगमले जनाएको छ ।

पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ ।

तपाईको प्रतिक्रिया