00:00:00
स्थानिय

लुम्बिनीको प्रदेश सभाको बैठक आज, साना २ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै

बुधबार फाल्गुण १७, २०७९/ Wednesday 03-01-23

फागुन १७, रुपन्देही
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेश सभाको छैठौं बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । करिब महिना दिनपछि बस्न लागेको प्रदेश  सभाको आजको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका हुन् ।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता धर्मबहादुर चौधरीले सम्भवतः आजै सरकारको समर्थन फिर्ता लिने तयारी गरेको बताउनुभयो । यद्यपि लोसपा र नागरिक उन्मुक्ति भने सरकारमा सहभागी छैनन् । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्तिको चार र लोसपाको तीन जना सांसद छन् ।

तपाईको प्रतिक्रिया