00:00:00
स्थानिय

स्थानीय जनप्रतिनिधिहरुसंग अपाङ्गता अधिकारसम्बन्धि छलफल

सोमबार फाल्गुण १५, २०७९/ Monday 02-27-23

शारदा शाही ठकुरी
तिलोत्तमा - २०७९ फागुन १५  

 
  स्थानिय तहमा अपाङ्गता समावेशी विकास विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सिआईएल काठमाडौंको आयोजना तथा अस्ट्रेलियन भोलिन्टेयर प्रोग्रामको सहयोगमा सोमबार बुटवलमा स्थानीय जनप्रतिनिधिहरुसंग अपाङ्गता अधिकारसम्बन्धि छलफल भएको हो ।

 बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महानगरका १९ वटै वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष जमूना सुवेदीले अपाङ्गताको प्रकार र वर्गिकरण तथा अपाङ्गता भएकाहरुले भोग्नुपरेका समस्याहरुबारे जानकारी गराउनुभएको थियो ।  उहाँले सरकारले शिक्षालाई मानवको आधारभूत अधिकारका रुपमा लिए पनि विद्यालयहरुमा अपाङ्गतामैत्री संचरना र व्यवहार नहुँदा अपाङ्गता भएकाहरुमा शिक्षाको समान पहुँच पुग्न नसकेको बताउनुभयो ।

 कार्यक्रममा बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अपाङ्गता भएकाव्याक्तिहरुको हितको लागि नगरपालिका जहिलेपनि तयार रहेको बताउनुभएको थियो । बुटवल उपमहानगरपालिकाको नयाँ बनेको भवन अपाङ्गता मैत्री नभएको भन्ने गुनासो समेत आएको भन्दै त्यसलाई केही परिमार्जन गरी सहजरुपमा अपाङ्गता भएका व्याक्तिहरु जानमिल्ने प्रकृतिको बनाउने समेत पाण्डेयले प्रतिवद्धता जनाउनुभयो ।

  आयोजक संस्थाका प्रोग्राम म्यानेजर राजेन्द्र खड्काले संस्थाले गर्दै आएको सामाजिक कार्यहरुबारे प्रकाश पार्नुभएको थियो । खड्काले अस्ट्रेलियन भोलिन्टेयर प्रोग्रामले कसरी काम गरिरहेको छ कस्तो एरियामा काम गरिरहेको छ र यो संस्थामा काम गर्ने भोलिन्टेयरहरुले कस्तो सेवा सुबिधा पाउने गरेका छन भन्ने बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको सञ्चालन अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकालले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया