न्यु लाइट कलेजमा पुरस्कार वितरण तथा छात्रवृति वितरण कार्यक्रम सम्पन्न
रुपदेही - तिलोत्तमा
२०७९ फागुन १४
रुपन्देहीको तिलोत्तमा १ शंकनगरमा अवस्थित न्यु लाइट कलेजमा पुरस्कार वितरण, खाना महोत्सव तथा छात्रवृति वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीले खाना महोत्सव र स्वास्थ्य शिविर प्रदर्शन गरेका थिए भने विद्यालयले पुरस्कार वितरण तथा छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कलेजले स्नातकतहमा अध्ययन गर्ने गरिव तथा जेहन्दार १३ जना विद्यार्थीहरुलाई छात्रवृति तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । कलेज ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज पौड्यालको अध्यक्षता रहेको कार्यक्रममा विद्यार्थीलाई पुरस्कार तथा छात्रवृति वितरण गर्दै संघीय सांसद एवं कलेजका पुर्व अध्यक्ष बासुदेव घिमिरेले अबको युग भनेको डिजिटल युग भएकाले सोही अनुसार शैक्षिक गतिविधीलाई आत्मसात गर्दै अघि बढ्न विद्यालयलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कलेज प्रमुख रमेश ज्ञवालीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समयसापेक्ष शिक्षा दिक्षा प्रदान गर्न कलेज प्रतिवद्ध रहेको बताउनुभयो । कलेजले वार्षिक कार्यतालिका अनुसार एकसाता अगाडिदेखि सप्ताहब्यापी खेलकुद कार्यक्रम लगायतका अतिरिक्त कृयाकलापहरु गर्दै आएको कलेजका शैक्षिक निर्देशक राजेन्द्र कुँवरले जानकारी दिनुभयो ।
पुरस्कार वितरण कार्यक्रमको अवसर पारी कलेजले खेलकुद तथा शैक्षिक पुरस्कार वितरण, विद्यार्थीद्वारा खाना महोत्सव, खुल्ला नृत्य प्रतियोगिता, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरेको शैक्षिक निर्देशक कुँवरले जानकारी दिनुभयो । ११, १२ सँगै स्नातक तहमा शिक्षा तथा ब्यवस्थापन संकायमा अध्ययापन गराउँदै आएको न्यु लाईटमा एक हजार ४९ विद्यार्थीहरुले अध्ययन गर्ने गरेको लेखा प्रमुख रविन शाक्यले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया