00:00:00
स्थानिय

सिद्धबाबा सुरुङमार्गका लागि आजदेखि १५ दिन सिद्धार्थ राजमार्ग बन्द

शनिबार फाल्गुण १३, २०७९/ Saturday 02-25-23

बुटवल २०७९ फागुन १३

  सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द गरिएको छ। राजमार्ग अन्तर्गतको सिद्धबाबा क्षेत्रमा सुरुङमार्गका लागि डाइभर्सन बनाउन आजदेखि फागनु २७ गतेसम्म १५ दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर काम सुरु गरिएको सुरुङमार्ग आयोजना प्रमुख होमबहादुर एसीले जानकारी दिनुभयो । ‘डाइभर्सन निर्माण गर्दा माथिबाट ढुंगाहरू खसिरहेको हुँदा बाटो बन्द गरिएको हो’, एसीले बताउनुभयो ।  

राजमार्ग बन्द हुँदा साना, हलुका र आकास्मिक सवारीसाधनका लागि बेलबासदेखि नुवाकोट हुँदै दोभानसम्मको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ। सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लागतमा ठेक्का पाएर पूर्व तयारीको काम सुरु गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया