फाल्गुन ९, पश्चिम नवलपरासी
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २ हरकपुरस्थित गण्डक नहरमा तीन जनाको शब फेला परेको छ ।
स्थानीय तीर्थराम थारुकी २९ वर्षीया श्रीमती प्रतिमा थारु र छोराहरू ९ वर्षीय कृष र ७ वर्षीय सुमितको शव भेटिएको हो । थारु दुई छोरासहित मंगलबार दिउंसो २ बजे नवलपरासीको गण्डक नहरमा हाम फालेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार कुर्ता सलवारले दुई छोरालाई कम्मरमा बाँधेको अवस्थामा शव फेला परेको थियो ।
तपाईको प्रतिक्रिया