00:00:00
स्थानिय

गण्डक नहरमा दुई छोरा लिएर आमाले हाम फालिन : अवस्था अज्ञात

मंगलबार फाल्गुण ९, २०७९/ Tuesday 02-21-23

परासी, ९ फागुन 
नवलपरासीको गण्डक नहरमा एक महिलाले दुई छोरासहित हाम फालेकी छन् । मंगलबार दिउंसो २ बजे उनले दुई छोरा लिएर हाम फालेकी हुन् । उनीहरूको अवस्था अज्ञात छ ।

नवलपरासीको सुस्ता गाउँपालिका २ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारूले ९ वर्षिय छोरा क्रिश र ७ वर्षिय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताउनुभयो ।

मानसिक सन्तुलन सामान्य नरहेकी उनले दुवै छोरालाई दुई तिर काखमा लिएर हनम फालेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन् ।

उनले के कति कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भईरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी कार्य भई रहेको डिएसपी पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया