सञ्चारमाध्यमले स्थिरताका लागि काम गर्नुपर्ने : मुख्यमन्त्री गिरी
तिलोत्तमा,६ फागुन ।
बिन्दु भट्टराइ ।
बिन्दु लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले मुलुकको राजनितीक परिवर्तनका लागि रेडियो तथा टेलिभिजनको महत्पूर्ण भुमिका रहेको बताउनुभएको छ । उहांले मुलुकको आवश्यकतासँंग नजिक रहेर सूचना तथा समाचार संप्रेषणमा अतुलनीय सहयोग रहेको भन्दै रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
शुक्रबार तिलोत्तमा टेलिभिजन र रेडियो लुम्बिनीको २४औं साधारण सभाको अवसरमा टुलिप ड्राइभरटोमा आयोजित साधारण सभामा प्रमुख अतिथि गिरीले पछिल्लो समय सञ्चारमाध्यमले मिथ्या र भ्रामक सूचना सम्प्रेषण गर्ने गरेको भन्दै यसको खण्डन गरेर छलफल गर्दै सही र गलत छुट्याएर अगाडि बढ्ने जिम्मेवारी अहिलेको युगले दिएको हँुदा सञ्चार माध्यम र सञ्चारकर्मी त्यसतर्फ लाग्नुपर्ने बताउनुुभयो ।
गिरीले आगाीम दिनमा सरकारले जनताले प्रत्यक्ष महशुस गर्ने गरी काम गर्नुपर्ने बेला आएकोले सरकार त्यसतर्फ लागेको र सरकारले गरेका काम जनतामाझ पु¥याउन रेडियो तथा टेलिभिजनका माध्यमबाट सहयोग हुनेसमेत विश्वास व्यक्त गर्नुभयो । उहाँले हिजो परिवर्तनका लागि काम गरेको सञ्चारमाध्यमले अब स्थिरताका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री गिरीले मुलुक युवाविहीन बन्ने गम्भीर अवस्था भएकोले विदेश जानबाट युवालाई रोक्न नसकेसम्म मुलुक परिवर्तनका सपना पूरा हुन नसक्ने बताउनुभयो । रेडियो लुम्विनी तथा तिलोत्तमा टेलिभिजनका अध्यक्ष दुर्गा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पाण्डेले संस्था सञ्चालनका चुनाती संभावना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमम संस्थापक अध्यक्ष अर्जुन ज्ञवालीले सूचना र समाचार उत्पादन र प्रसारण गर्ने रेडियो तथा टेलिभिजनलाई सांसद पनि उत्पादन गर्ने संस्थाका रूपमा पाउनु आवद्ध सबैको लागि गर्वको कुरा भएको बताउनुभयो ।
त्यस्तै प्रदेश सभा सांसद निर्मला थारुले सञ्चारमाध्यम सत्य र तथ्यको पक्षमा सदैव अडिइरहनुपर्ने बताउनुभयो । रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनजमा सदस्यका रूपमा रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी,प्रतिनिधिसभाका सदस्यहरू वासुदेव घिमिरे, डा चन्द्र भण्डारी , मनोरमा शेरचन तथा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थी, प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ,चिन्तामणि पाण्डे, लुम्बिनी प्रदेशका महान्यायाधीवक्ता खुमाकान्त पौडेल भगवती अधिकारी घिमिरे, सदस्य संस्थाका अध्यक्ष तथा प्रदेश सभा सदस्य निर्मला थारु तथा तिलोत्तमा वडा नं. ५ का वडा अध्यक्ष रमेश डुम्रेलाई सम्मानित गरएको छ ।
कार्यक्रममा नियमित रेडियो सुन्ने २ जना तिलोत्तमा ११ महुवारीका ७१ वर्षिय तुलसा चापागाई र शान्ति नमुना मा वि कक्षा ४ मा अध्ययनरत रिजन कडेललाई सम्मान स्वरूप रेडियो प्रदान गरिएको थियो । संस्थाका उपाध्यक्ष अर्जुनराज उपाध्यायको स्वागतमा भएको कार्यक्रममा लेखा समितिका संयोजक केशवराज उपाध्यायले लेखा समितिको प्रतिवेदन,कोषध्यक्ष विष्णुप्रसाद पाण्डेले आगामी वार्षिक योजना र अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाका कार्यकारी प्रमुख मिनाक्षी न्यौपानेले सञ्चालन गर्नुभएको साधारण सभामा प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष बामदेव क्षेत्री ,तिलोत्तमा नगर उपप्रमुख जगेश्वर देवी चौधरी, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, अकोरावका पूर्व अध्यक्ष मोहन चापागाइँ, तदर्थ समिति अध्यक्ष भरतराज भुसाल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू र जनप्रतिनिधिहरूको आतिथ्य रहेको थियो ।
तपाईको प्रतिक्रिया